तिथि विवादले गौरा पर्वको लागि दुई पटक सार्वजनिक बिदा

तिथि विवादले गौरा पर्वको लागि दुई पटक सार्वजनिक बिदा

काठमाडौं : पर्व मनाउने तिथि विवादका कारण गौरा पर्वको अवसरमा सुदूरपश्चिमका अधिकांस स्थानिय तहले दुई पटक सार्वजनिक बिदा दिएको छ। 

सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा मनाइने गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले दुई पटक सार्वजनिक बिदा दिएको हो। 

यस्तै, बैतडीको दशरथचन्द नगरपालिकाले पनि बिहिबार आज एकदिनका लागि सार्वजनिक विदा दिएको छ। 

यसअघि, भदौ ७ गते गौरा पर्व मनाइएको थियो। सो पर्वको अवसरमा भदौ ७ गते सङ्घीय सरकारले र ८ गते प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको थियो। 

तर, स्थानीय ज्योतिषीहरूको भनाइ र निर्णय अनुसार कतिपयले भदौ २१ गते गौरापर्व मनाइरहेका छन्। 

त्यसको अवसरमा फेरि स्थानीय सरकारले भदौ २१ गते एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो। 

धनगढी उपमहानगरपालिकाको हिजोको निर्णय अनुसार सार्वजनिक बिदा दिएको सो पालिकाले सूचना प्रकाशित गरेर जनाएको छ। 

योसँगै गौरापर्वको अवसरमा मात्रै धनगढीमा भएको सार्वजनिक बिदा दिएको दिन सङ्ख्या तीन पुगेको छ ।

भदौ २१, २०८० बिहीबार १०:४२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।