सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेसी आजका लागि तोकिएको छ।

गएको भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। 

तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले भदौ २१ गते आजका लागि अर्को पेसी तोकेको हो।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ। 

तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन।

भदौ २१, २०८० बिहीबार १०:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।