२० वर्षमा पहिलो पटक रोनाल्डो परेनन् बालोन डी’ओर सर्टलिस्टमा, मेस्सी दाबेदार

२० वर्षमा पहिलो पटक रोनाल्डो परेनन् बालोन डी’ओर सर्टलिस्टमा, मेस्सी दाबेदार

काठमाडौं : पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम यो पटक बालोन डी’ओर अवार्डका लागि मनोनयनमा परेन। 

फ्रान्स फुटबल म्यागजिनले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको उपाधिका लागि गए राति ३० खेलाडीको सूची सार्वजनिक गरेको छ।

जहाँ विगत २० वर्षमा पहिलो पटक रोनाल्डो नपरेका हुन्। पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोको बालोन डी’ओर सर्टलिस्टमा नाम नपरेको सन् २००३ पछि यो पहिलो पटक हो।

आगामी अक्टोबर ३० मा प्रदान गरिने यो अवार्डको प्रमुख दाबेदारका रुपमा अर्जेन्टाइन स्टार लियोनल मेस्सीलाई हेरिएको छ। गत वर्ष अर्जेन्टिनालाई विश्वकप दिलाउन मेस्सीको प्रमुख भूमिका थियो।

फिफा वर्ष खेलाडीको उपाधि पनि जितेका मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर जितिसकेका छन्।

उनलाई उपाधि दौडमा युरोपियन वर्ष खेलाडीको उपाधि जितेका म्यान्चेस्टर सिटीबाट खेल्ने नर्वेका फरवार्ड हाल्यान्डले टक्कर दिने अनुमान छ।

भदौ २१, २०८० बिहीबार ०९:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।