इजिप्टमा भवन भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

इजिप्टमा भवन भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

एजेन्सी : इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

उक्त घटनामा अन्य पाँच जना घाइते भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ।

उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन्।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरूको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ।

सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन्।

गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो।

भदौ २०, २०८० बुधबार २०:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।