सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग

सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाही गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी सांघातिक आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसाग माग गरेको छ।

नेपाली कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै आक्रमण गर्ने व्यक्ति वा त्यसको पछाडि जो भए पनि अनुसन्धान गरेर कारवाही गर्न माग गरेको हो।

उक्त घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घटनाको घोर निन्दा र भर्त्सनासमेत गरेको छ।

सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो श्याम सापकोटाले खुकुरी प्रहार गरी सांघातिक आक्रमण गरेका थिए।

सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

आक्रमणबाट घाइते भएका कांग्रेस सहमहामन्त्री यादवको काठमाडौंको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। आक्रमणकारी सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

भदौ २०, २०८० बुधबार १८:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।