जब सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च ढल्यो...

जब सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च ढल्यो...

डडेलधुरा : डडेलधुरामा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्च ढलेपछि अतिथिहरूको भागाभाग भएको छ।

बुधबार आज मुख्यमन्त्री शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि भएर गएका थिए। 

कार्यक्रम सुरु भएको केहि समयमै मञ्च ढलेपछि अतिथिहरुको भागाभाग चलेको थियो।

केहिबेर रोकिएको कार्यक्रम  फेरि सुरु भएको थियो।

मञ्च एक फिटजति अग्लो बनाइएको र भार थेग्न नसकेर ढलेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने बताए।

मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी न्यौपाने लगायतका आसन गरिरहेका थिए। 

कसैलाई चोटपटक नलागेको डडेलधुरा प्रहरीले जानकारी दिएको छ। 

भदौ २०, २०८० बुधबार १७:५७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।