१६ वर्षमुनिको साफ च्याम्पियनशिपको समूह चरणबाटै बाहिरियो नेपाल
काठमाडौं : नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
बुधवार भुटानको थिम्पुमा भएको खेलमा भारतसँग १–० गोल अन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो। भारतका लागि मोहम्मद अरबासले खेलको ३३ औँ मिनेटमा गोल गरे।
समूह ’ए’ मा रहेको नेपालसोमवार भएको पहिलो खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो। नेपाल बाहिरिएसँगै भारत समूह ’ए’ को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्।
यस्तै समूह ’बी’ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ। आजै हुने माल्दिभ्स र भुटानबीचको खेलबाट सेमिफाइनलमा पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ।
फाइनल खेल आउँदो सेप्टेम्बर १० तारिखमा हुनेछ।
भदौ २०, २०८० बुधबार १७:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।