दराज लाइक न्युको सुरुवात

दराज लाइक न्युको सुरुवात

काठमाडौं : नेपालको  अग्रणी अनलाइन  मार्केट दराज नेपालले  भाद्र १९ मा हयात प्लेसमा आयोजित कार्यक्रममा आफ्नो नयाँ उद्यम 'दराज लाइक न्यू' को सुरुवात गरेको घोषणा गरेको छ। 

बजारमा DLN को परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको जनाएको छ।  

प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउने जनाइएको छ। 

यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र DLN लाई ई–वेस्ट  न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरे। 

त्यसैगरी, DLN को लागि दराज प्लेटफर्ममा विक्रेता तथा 'सबको फोन' का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै  प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

पारदर्शिता र कार्य सम्पादन सम्बन्धि विषयमा DLN ले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहक हरुको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि VAT बिल  समावेश हुन्छ, जसले ग्राहकहरूलाई उनीहरूको लगानीमा अन्तर्दृष्टि दिन्छ।

दराज नेपालकि प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज  सधैं अगाडि रहेको बताइन्। 

कम्पनीले भनेको छ, ’दराज लाइक न्युले (DLN) 'Tech' बजारमा नयां परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ। यस पहलले अब ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउदै उनिहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित नै देखिन्छ।’

भदौ २०, २०८० बुधबार १७:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।