प्रचण्डलाई वामदेवको प्रश्न : राजनीतिक व्याक्तिहरुको हत्यालाई माक्सवाद भन्छन्?

प्रचण्डलाई वामदेवको प्रश्न : राजनीतिक व्याक्तिहरुको हत्यालाई माक्सवाद भन्छन्?

काठमाडौं : पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफु एकिकृत समाजादी तथा एमालेमा जान सक्ने तर माओवादी केन्द्रबारे सोच्नै नसक्ने बताएका छन् । 

बुधबार आज नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको छैठौं केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्रले राजनैतिक व्याक्तिहरुको हत्या गर्नुलाई माक्सवाद मान्ने गरेको आरोप लगाए।

उनले कार्यक्रममै राजनैतिक व्याक्तिहरुको हत्या गर्नु माक्सवाद हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न समेत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पिडितका घर घर मा गएर क्षमा माग्नुपर्ने उनले भनाई थियो।

उनले भने,‘जनयुद्ध कालमा राम्रा काम पनि भए नराम्रा काम पनि भए। प्रचण्ड कमरेडले घर घर मा क्षमा माग्न जानुपर्छ, अनि म पार्टी सदस्यता लिएर माओवादी केन्द्रमा आउछुँ।’ 

जनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे ।

उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

भदौ २०, २०८० बुधबार १६:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।