कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

काठमाण्डौको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा वुधबार आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको भएको हो। 

खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।

भदौ २०, २०८० बुधबार १५:०७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।