विदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघको विरोध

विदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघको विरोध

काठमाडौं : सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले वुधबार विरोध जनाएको छ।

संघले सार्वजिनक बिदाको दिन बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। 

युवा संघले काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको हो।

अबदेखि देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदिइने राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बताए।

आज विदाको दिन बिना पास चलेका सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको उनले बताए। 

युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल नेतृत्वको टोली सडकमा खटाइएको थियो। 

भदौ २०, २०८० बुधबार १४:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।