सात हजार बढी दम्पतीलाई सन्तानको खुसी दिएको वात्सल्य सातौं वर्षमा

सात हजार बढी दम्पतीलाई सन्तानको खुसी दिएको वात्सल्य सातौं वर्षमा

काठमाडौं : सात हजार भन्दा अधिक दम्पतीलाई सन्तानको खुसी दिएको वात्सल्य क्लिनिक सातौं वर्षमा प्रवेश गरेको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सञ्चालनमा आएको क्लिनिक बुधबारदेखि सातौं वर्षमा प्रवेश गरेको हो।

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको क्लिनिकमा अहिलेसम्म तीन हजार आईभीएफ, १ हजार ८ सय आईयूआई र २ हजार २ सय नेचुरल प्रेग्नेन्सी भइसकेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

छोटो समयमा ठूलो फड्को मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगञ्जमा पनि विस्तार गरेको छ।

आगामी केहि दिनमै देशका अन्य प्रमुख शहरहरूमा पनि शाखा विस्तार गर्ने योजना रहेको क्लिनिकका कार्यकारी प्रमुख, प्रशान्त सुवेदीले बताए।

नि:सन्तान सम्बन्धि सम्पूर्ण सेवाहरू (आईभीएफ, आईयूआई, ओवेरियन इन्डक्सन आदि) प्रसुती पूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्गजस्ता विभिन्न सेवा क्लिनिकले प्रदान गर्दै आइरहेको छ।

उच्च आईभीएफ सफलता दर प्रदान गरेकाले क्लिनिकमा नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरू आउने गरेको कम्पनीले जनाएको छ।

भदौ २०, २०८० बुधबार १४:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।