जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने

जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधान बमोजिम संगठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन नपाइने जसपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।

केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यसअघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ।

जसका कारण पार्टीका केन्द्रीय समिति सदस्यहरू पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ।

संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ।

संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेछ।

भदौ २०, २०८० बुधबार १३:५०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।