तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुन एक लाख ११ हजार ८५० रुपैयाँ रहेको छ।
मंगलबार प्रतितोला छापावाल सुन एक लाख १२ हजार ७०० र तेजाबी सुन एक लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। चाँदी एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
भदौ २०, २०८० बुधबार १२:४६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।