खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानको लागि कोदो उत्पादन मुख्य सावित हुनसक्छ : मन्त्री भुसाल

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानको लागि कोदो उत्पादन मुख्य सावित हुनसक्छ : मन्त्री भुसाल

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताएका छन्।

वुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोदो उत्पादनलाई बढावा दिनेगरि काम गरिरहेको बताए।

नेपालको पहाडी भू–भाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै उनले कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने उल्लेख गरे। 

‘बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुन्छ। कोदो स्वास्थ्यका लागि पनि लाभदायी रहेको छ। त्यसैले  सरकार कोदो उत्पादनमा जोड दिँदैछौँ,’ उनले भने। 

भदौ २०, २०८० बुधबार १२:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।