मानव बेचविखनविरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउनु पर्छ : अनुराधा कोइराला

मानव बेचविखनविरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउनु पर्छ : अनुराधा कोइराला

काठमाडौं : माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको मान र प्रतिष्ठा भएकाले बेचविखनविरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन्। 

बुधबार आज  काठमाडौँमा आयोजित मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले मानव बेचविखनविरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने बताइन्।

‘हाम्रा छोरी हाम्रो इज्जत हुन्,बेचविखन नगरौँ भनेर आवाज उठाउन नसकेर यस्तो अवस्था आएको हो। यदी हामीले एकताबद्ध भएर निरन्तर आवाज उठाएनौँ भने बेचविखनको अन्त्य गर्छौँ भन्न मिल्दैन। यसलाई केही हदसम्म कम गर्न सकिएला तर अन्त्य गर्न सक्दैनौँ।’ उनले भनिन्।

उनले तस्करी पनि धेरै तरिकाले हुने गरेको र विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूका लागि यो समस्याका रुपमा खडा भइरहेको बताएकी छिन्। 

मानव बेचविखन नियन्त्रण गर्न राज्य संयन्त्र नै चनाखो हुनुपर्ने उनको भनाई थियो।

भदौ २०, २०८० बुधबार ११:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।