जग्गाका बिषयमा वडा कार्यालयमा कुटाकुट, दुई जना घाइते

जग्गाका बिषयमा वडा कार्यालयमा कुटाकुट, दुई जना घाइते
सांकेतिक तस्बिर ।

काठमाडौं : जग्गा सम्बन्धी विवाद हुँदा वुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को वडा कार्यालयमा कुटाकुट भएको छ। 

वडाका जनप्रतिनिधि र सेवाग्राहीबीच कुटाकुट हुँदा नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ। सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा वडा सदस्यसमेत संलग्नता देखिएकोले कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ। तर, उनको नाम भने खुलाइएको छैन । 

भदौ २०, २०८० बुधबार ११:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।