महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पालमाथि कारबाहीको सिफारिस

महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पालमाथि कारबाहीको सिफारिस

काठमाडौं : महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समितिले घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको हो । 

प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति थप अनुसन्धानका mागि फिल्ड मै गएको थियो।

मैनाली नेतृत्वको टोलीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अध्ययन गरी कारबाही प्रक्रिया अगााडी बढाउने तयारीमा रहेको प्रहरी महानिरीक्षक कुँवरले जानकारी दिए।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले बिदामा जान लागेकी महिला हवल्दारलाई आफ्नै क्वाटरमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए । 

महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि घ्टनाको अनुसन्धान सुरु गरिएको हो।सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

पछि अनुसन्धान समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रस्ट भएको छानबिनमा खुलेको स्रोत बताउँछ । 

भदौ २०, २०८० बुधबार ११:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।