राष्ट्रपति पौडेल आज कृष्ण मन्दिरको दर्शन गर्ने

राष्ट्रपति पौडेल आज कृष्ण मन्दिरको दर्शन गर्ने

काठमाडौं : श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने भएका छन्।

उनी दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको उनकोे सचिवालयले जनाएको छ। 

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। 

नेपाल र भारतमा रहेका कृष्ण मन्दिरहरूमा आजका दिन घुइँचो लाग्ने गर्छ। ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

भदौ २०, २०८० बुधबार १०:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।