एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल २ मतले विजयी

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल २ मतले विजयी

बुटवल : एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन्।

बुटवलको अन्तराष्ट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त पाए। कँडेल एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्षका व्यक्ति हुन्।

महासचिव पोखरेलले भने केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका थिए।

भदौ २०, २०८० बुधबार ०७:१०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।