उकेरा टप फाइभ : विश्वकपअघि भारतको टाउको दुखाएको नेपालको कहानीदेखि रेडियो प्राविधिक सुरेन्द्रको ४० वर्षे अनुभवसम्म

उकेरा टप फाइभ : विश्वकपअघि भारतको टाउको दुखाएको नेपालको कहानीदेखि रेडियो प्राविधिक सुरेन्द्रको ४० वर्षे अनुभवसम्म

काठमाडौं : मंगलबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा मतदान भयो। अध्यक्षका लागि उठेका राधाकृष्ण कँडेर र हरि रिजालबीच प्रतिस्पर्धामा छन्। मतदान सम्पन्न भइसकेपछि अहिले मतगणनाको क्रम जारी छ।

मंगलबार नै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले आज पनि ‘हेर्दाहर्दै’ मा राखियो।

मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भयो। समसामयिक विषयमा कुराकानी गर्न प्रधानमन्त्री प्रचण्डले भेट्न बोलाएपछि अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान लुम्बिनी क्षेत्र सारस र सिकारी चराका लागि उपयुक्त वासस्थल भए पनि घट्दै गएको समाचार लेख्यो। हालै मात्र इन्टरन्यासनल क्रेन फाउन्डेसन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले लुम्बिनी वृहत्तर क्षेत्र सारसका लागि सबैभन्दा उपयुक्त स्थान रहेको देखाएको छ।
पूरा समाचारः सारसका लागि स्वर्ग लुम्बिनी वृहत्तर क्षेत्र, तर साँघुरो बन्दैछ वासस्थान

दिउँसो उकेराले गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायतको टिमले खरिद गरेको भनिएको भैरहवा स्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले मन्दिरको जग्गा कब्जा गरेको पाइएको समाचार लेख्यो।
पूरा समाचारः टाइगर प्यालेस रिसोर्टको नाममा मन्दिरको जग्गा कब्जा, अध्यक्ष मरासिनीले गराए नगरपालिकासहित सरकारी निकायको ध्यानाकर्षण

दिउँसो उकेराले एसिया कपमा नेपाल र भारतबीचको खेलको समीक्षा लेख्यो। जसमा नेपालको प्रदर्शनले विश्वकपअघि भारतीय टिमको टाउको दुखाएको उल्लेख छ।
पूरा समाचारः एसिया कप समीक्षाः नेपालको प्रदर्शनले विश्वकपअघि भारतीय टिमको टाउको दुखायो

साँझपख उकेराले नियमित स्तम्भ चौथो अंगमा रेडियो प्राविधिक सुरेन्द्र श्रेष्ठको अनुभव समेट्यो। जसमा उनले रेडियो नेपालमा काम गर्दाको अनुभव र रेडियो सगरमाथामा काम गर्दाको पुरानो अनुभव समेटेका छन्।
पूरा समाचारः चौथो अंगः रेडियो प्राविधिकलाई स्टेशन म्यानेजरले सेवासुविधामा हेलाँ गर्छन्

साँझमै उकेराले पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको समाचार लेख्यो।
पूरा समाचारः नाबालक मृत्यु प्रकरणमा क्यानका महानिर्देशकलाई कारण देखाऊ आदेश

भदौ १९, २०८० मंगलबार २२:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।