यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा
काठमाडौं : यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ।
भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले पनि प्रेस विज्ञप्ति निकालेर यसबारे जानकारी गराएको हो।
नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ।
२०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जीपीको प्रत्यक्ष अनुभव गरी त्यहाँबाट पुन: काठमाडौं फर्की यो यात्रा सम्पन्न हुनेछ।
छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।
यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्।
पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नोट प्रक्रिया अघि बढाउनेछ। यामाहाले दश जना राइडरहरूको छनोट गर्नेछ। छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नुपर्नेछ।
यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू अनिवार्य रूपमा रहँदै आएको छ।
भदौ १९, २०८० मंगलबार २१:३८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।