बुधबार नेपाल फर्कँदै राष्ट्रिय क्रिकेट टोली
काठमाडौं : एसिया कपको क्रिकेटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार नेपाल फर्कने भएका छन्।
टोली बुधबार मध्यान्ह १२ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्ड गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग १० विकेटले हार व्यहोरेको थियो।
पहिलो खेलमा ब्याटिङ नचलेको नेपालको दोस्रो खेलमा बलिङ चल्न सकेन।
नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक एसिया कप र भारतसँग खेलेको हो। यसअघि नेपालले १९ वर्षमुनिको विश्वकपमा भारतलाई हराएको थियो।
भदौ १९, २०८० मंगलबार १९:४४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।