तिब्बती साँगाको शान : परम्परागत र आधुनिक परम्पराको सङ्गम

तिब्बती साँगाको शान : परम्परागत र आधुनिक परम्पराको सङ्गम

साँगा, तिब्बत : केरुङबाट करिव १५ सय मिटरमाथिको परम्परागत शहर साँगा तिब्बती आधुनिक अनि परम्परागत संस्कृतिको संगम देखियो।

ब्राउनले ब्रम्हपुत्रको किनारबाट शुरु हुने यो शहर तल्लो अनि माथिल्लो केरुङभन्दा ठूलो छ।

शहरले आधुनिक आकार लिइसक्यो। तै पनि मुख्य बजारमै अझै माटाको छानो भएका घर हराइसकेका छैनन्।

केरुङ बजार पूरै व्यापार केन्द्रित भएर होला, तिब्बती संगीत अनि संस्कार कमै देखियो। हिन्दी अनि नेपाली गीत सुनिनु सामान्य। नेपाली भेटिनु सामान्य।

तर, साँगा आउन विशेष अनुमति चाहिने भएकाले नेपाली त्यति देखिएनन् यता। नेपाली रेष्टुरेन्ट, हिन्दी अनि नेपाली गीत सुनिएन यता। जताततै तिब्बती संगीत नै घन्किरहेको सुनियो।

बजारलाई सरकारले बिस्तारै आधुनिक आकार दिँदै गएको देखियो। निर्माणको काम धमाधम भइरहेका थिए। ४३ सय मिटर उचाइको गाउँमा उपलब्ध नभएको सुविधा कमै देखियो। आधुनिक स्वरूपमा छपक्कै ढल्दै गइरहेको छ यो शहर।

सबैभन्दा ठूलो समस्या भाषाको। स्थानीय सूचनादेखि बोलिचालीसम्म तिब्बती अनि चिनियाँ भाषामात्र प्रयोग हुने। अंग्रेजी दुर्लभ। अंग्रेजी शब्द सुनिने वाईफाई अनि हलो मात्र।

केरुङबाट साँगाको दूरी एक सय ७० किलोमिटर। यात्राको समय जम्मा ४ घन्टा। यसले यहाँको सडकको स्तर देखाउँछ नै।

भदौ १९, २०८० मंगलबार २२:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।