कोशी सरकारविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहर्दै’ मा, जवाफी बहस बिहिबार हुने

कोशी सरकारविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहर्दै’ मा, जवाफी बहस बिहिबार हुने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले आज पनि ‘हेर्दाहर्दै’ मा राखिएको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्याक्तिले समेत मतदान गरेकाले त्यो संविधान विपरित रहेको भन्दै संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटउपरको सुनुवाईमा निवेदकका तर्फबाट बहस नसकिएपछि बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। 

यसअधि विपक्षी तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए। 

भदौ १९, २०८० मंगलबार १७:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।