प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

देशको समसामयिक बिषयमा कुराकानी गर्न प्रधानमन्त्री प्रचण्डले भेट्न बोलाएपछि अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए।

संसदमा छलफलकै क्रममा रहेका विद्येयक र देशको वर्तमान राजनीतिको बिषयमा कुराकानी भएको बुझिएको छ। 

प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको सेरोफेरोमा समेत छलफल भएको सिंहदरबार स्रोतले जानकारी दिएको छ। 

भदौ १९, २०८० मंगलबार १५:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।