६ अंकले घट्यो नेप्से, कारोबार ८० करोडको पनि भएन
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा ६.४५ अंकको गिरावट आयो।
मंगलबार नेप्से १९६१.३७ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स ०.४७ अंकले ओरालो लागेर ३७७.२४ विन्दुमा आयो।
उत्पादन तथा प्रशोधन र व्यापार समूहबाहेक अन्य सबै कारोबारसूचक ओरालो लाग्यो। यसदिन कारोबार पनि धेरै भएन।
२७७ कम्पनीका २४ लाख ८० हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भयो।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसदिन ७ करोड ५८ लाखको कारोबार गर्दा साल्ट ट्रेडिङ कर्पोरेसनले २ करोड ९५ लाखको कारोबार गर्यो।
यसदिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र नेरुदे लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो।
भदौ १९, २०८० मंगलबार १५:३५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।