आगामी मंगलबार लन्च हुने नयाँ आईफोनमा युएसबी-सी चार्जिङ पोइन्ट हुने पक्का

आगामी मंगलबार लन्च हुने नयाँ आईफोनमा युएसबी-सी चार्जिङ पोइन्ट हुने पक्का

एजेन्सी : एप्पलको आगामी मंगलबार सार्वजनिक गर्न लागेको नयाँ आइफोनमा टाइप सी चार्जिंग पोइन्ट हुने लगभग निश्चित भएको छ।

एप्पलको फोनले हाल विशेष प्रकारको लाइटनिङ एडाप्टर प्रयोग गर्छ, जुन आफ्नो प्रतिद्वन्द्वी ब्रान्डको फोनभन्दा फरक छ।

तर, उपभोक्ताको पैसा र स्रोत बचाउन युरोपेली संघले नयाँ नियम बनाएको छ। यसअनुसार अब डिसेम्बर २०२४ सम्ममा फोन निर्माताहरूले एउटै चार्जर बनाउनुपर्ने बाध्यता छ।

पछिल्लो आईप्याडसहित एप्पलका धेरैजसो नयाँ उत्पादनहरूले युएसबी सी चार्जिङ पोइन्टहरू आइसकेको छ। तर कम्पनीले EU नियमको विरुद्धमा तर्क गरिरहेको छ।

जब युरोपेली संघले सेप्टेम्बर २०२१ मा यो नियम ल्यायो, एप्पलका एक प्रतिनिधिले भनेका थिए- ‘कडा नियमले केवल एकै किसिमको चार्जर त हुनेछ तर यसले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुको सट्टा दबाउँछ। यसले अन्ततः युरोप र विश्वका उपभोक्ताहरूलाई नोक्सान पुर्याउँछ।’

जे होस् मानिसहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेको टाइप सी केबल अब आइफोनमा पनि देखिने भएको छ।

भदौ १९, २०८० मंगलबार १५:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।