६१ किलो सुन तस्करी प्रकरणमा तानिए अखिल क्रान्तिकारीका महासचिव पुन, सीआईबीले थाल्यो अनुसन्धान

६१ किलो सुन तस्करी प्रकरणमा तानिए अखिल क्रान्तिकारीका महासचिव पुन, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं : माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि ६१ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ। 

तस्करीमा पुनको संलग्नता देखिएपछि अनुसन्धानमा तानिएको सिआईबीका एक अधिकारीले जानकारी दिए।

 ती अधिकारीका अनुसार पुनलाई गएको आइतबार नै ब्युरोको कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। 

सुन तस्करी प्रकरणमा उनको संलग्नता पुष्टी भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने छ।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ। केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन्।

यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन्। हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाएको छ।

भदौ १९, २०८० मंगलबार १४:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।