विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कामकाज प्रभावित

विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कामकाज प्रभावित

बैतडी : बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।  सोमबार पानीसँगै आएको हावाहुरीले विद्युत् अवरुद्ध हुँदा स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन्।  

विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कामकाज प्रभावित हुनुका साथै हजारौं उपभोक्ता टुकीको साहारमा बस्न बाध्य भएका हुन्।  

‘विद्युत् अवरुद्ध हुँदा पढाई प्रभावित भएको छ’,स्थानिय रामदत्त जोशीले भने, ‘विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको छ। मोबाइल समेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ।’

दार्चुलाको बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत् लाइनमा समस्या रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले जानकारी दिए।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि टोली खटाइएको उनले बताए। 

भदौ १९, २०८० मंगलबार १४:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।