कोसी सरकारविरुद्धको रिट निवेदनमाथि न्यायाधिश मल्लसहितको पूर्णइजलासमा बहस जारी

कोसी सरकारविरुद्धको रिट निवेदनमाथि न्यायाधिश मल्लसहितको पूर्णइजलासमा बहस जारी

काठमाडौं : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको पूर्णइजलासमा बहस जारी छ।

सर्वोच्च अदालतको पूर्णइजलासमा सोमबारबाट मुख्यमन्त्री थापाविरुद्धको  रिटमा बहस सुरू भएको हो। सोमबार रिटमाथि बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैÚ मा राखिएको थियो। 

रिटमाथि सुनुवाइका लागि तीन सदस्यीय पूर्णइजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी  रहेका छन्।

सोमबार रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाललगायतले बहस गरेका थिए। 

मङ्गलबार रिट निवेदकका विपक्षीहरूको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।  रिटमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ,मुख्यमन्त्री उद्धव थापा, विश्वासको मत लिने दिने प्रदेशसभा बैठकको अध्यक्षता गरेका अध्यक्ष इस्राइल मन्सुरी र गीता तिम्लसिनालाई विपक्षी बनाइएको छ।

भदौ ४ गते  मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा  प्रदेश सभाको बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदानमा सहभागी गराएर ४७ मत पु¥याएर विश्वासको मत लिएका थिए।

मुख्यमन्त्री थापाले प्राप्त गरेको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

भदौ १९, २०८० मंगलबार १२:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।