एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो, लुम्बिनीमा मतदान जारी

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो, लुम्बिनीमा मतदान जारी

काठमाडौं : एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। 

एमालेको २४ औँ सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। 

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ।

लुम्बिनी प्रदेशमा भने अहिले मतदान भइरहेको छ।

चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि सहमति नभएपछि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ।

भदौ १९, २०८० मंगलबार १०:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।