पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गयो

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गयो

काठमाडौं : पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ। 

नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा हिजो दुर्घटना भएको थियो।

नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। 

सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। इन्जिनमा आगो लागेको थियो।

गएको वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको ज्यान गएको थियो भने एक महिनाअघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य ६ जनाले ज्यान गुमाएका थिए।

भदौ १९, २०८० मंगलबार १०:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।