आजको मौसम : यी पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना छ।

राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ १९, २०८० मंगलबार ०७:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।