एसिया कपमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एसिया कपमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं : एसिया कपमा भारतलाई नेपालले २३१ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनायो।

नेपालका लागि आशिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको पारी खेले।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाउँदा कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए।

दीपेन्द्रसिंह ए्ेरीले २९, गुल्सन झाले २३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराज तीन–तीन तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए।

भदौ १८, २०८० सोमबार १९:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।