दीपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट
काठमाडौं : एसिया कपमा भारतविरुद्धको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट भएका छन्।
४२औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले उनलाई एलबीडब्लु आउट गरेका हुन्।
यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ रन बनाएर पेभेलिएन फर्किए।
यस्तै, कुशल मल्ल २, गुल्सन झा २३ र दीपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट भए।
श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर भारतीय टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।
अहिले क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन्।
भारतका लागि रविन्द्र जडेजाले तीन, मोहम्मद सिराजले दुई तथा हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान एक-एक विकेट लिए।
भदौ १८, २०८० सोमबार १९:१८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।