जसपाका केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

जसपाका केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

काडठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन गरिएको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरुको कार्यविभाजन गरेको हो।

जसअनुसार प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र देवनारायण यादवलाई दिइएको छ।

केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ।

बैठकले पूर्व केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रकृया र उपलब्ध कागजातहरु बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ।

भदौ १८, २०८० सोमबार १९:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।