एमाले प्रदेश अधिवेशन : अध्यक्षका लागि हरि रिजालको उम्मेदवारी सदर

बुटवल : एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी सदर भएको छ।
बुटवलमा जारी अधिवेशनमा निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र, संगठन विभाग, पार्टी निर्वाचन आयोग, स्वयं उम्मेदवार र प्यूठानको पार्टी कमिटीसँगको छलफलपछि रिजालको उम्मेदारी सदर गरेको निर्वाचन समितिका प्रमुख हरि भण्डारीले बताए।
यसैबीच एमालेको प्रदेश सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। सचिवमा उम्मेदवारी दिएका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएसँगै आचार्य निर्विरोध भएको एमाले प्रचार विभाग सदस्य डिआर घिमिरेले जानकारी दिए।
यसअघि पनि सचिव रहेका उनी दाङका हुन्। आचार्यले अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालको प्यानलमा राखेका थिए।
भदौ १८, २०८० सोमबार १८:१८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।