एसिया कप : भारतविरुद्ध ५८ रन बनाएर आउट भए आसिफ शेख
काठमाडौं : एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ।
पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए।
मोहम्मद सिरजले आसिफ शेखलाई बिराट कोहलीको हातबाट क्याच गराएका हुन्।
नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ। नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए।
नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो। भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सिराज र सार्दुल ठाकुरले एकएक विकेट लिए।
भदौ १८, २०८० सोमबार १७:२४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।