एमाले लुम्बिनी अधिवेशन : प्यूठानले पठायो अध्यक्षका उम्मेदवार रिजालको सदस्यता विवरण

एमाले लुम्बिनी अधिवेशन : प्यूठानले पठायो अध्यक्षका उम्मेदवार रिजालको सदस्यता विवरण

बुटवल : एमाले प्यूठानले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका हरि रिजालको सदस्यता रहेको जानकारी निर्वाचन समितिलाई पठाएको छ।

उनको पार्टी सदस्यता काठमाडौं गएको र उनको प्रतिनिधित्व वैधानिक नभएको भन्दै बुटवलमा जारी प्रदेश अधिवेशनको निर्वाचन समितिमा उजुरी परेपछि एमाले प्यूठान जिल्ला कमिटीले यस्तो जानकारी पठाएको हो।

एमाले प्यूठानका जिल्ला अध्यक्ष विजय विराज विष्टले प्यूठानको नौबहिनी गाउँपालिका ६ मा बस्ने हरि रिजालको जन्म ०२२/८/२ मा भएको र उनको संगठित सदस्य प्राप्त मिति ०४७/३/१९ मा रहेको तथा संगठित सदस्यता नम्बर १७५१ रहेको जानकारी समितिलाई दिएका छन्।

यो पत्र उनले पार्टीको लुम्बिनी प्रदेश कमिटीलाई पनि बोधार्थ पठाएका छन्। तर, पत्रमा अहिले नवीकरण भएको मिति खुलाइएको छैन।

भदौ १८, २०८० सोमबार १७:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।