भारतविरुद्धको खेलमा कुशल मल्ल पनि आउट

भारतविरुद्धको खेलमा कुशल मल्ल पनि आउट

काठमाडौं : एसिया कप क्रिकेट अन्तरगत भारतविरुद्धको खेलमा कुशल मल्ल पनि आउट भएका छन्।

२२औं ओभर पाँचौं बलमा ५ बलमा २ रन बनाएर मल्ल आउट भए। रविन्द्र जडेजाको बलमा मोहम्मद सिराजले उनलाई क्याचआउट गरेका हुन्।

यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८, भीम सार्कीले ७, कप्तान र रोहित पौडेलले ५ रन बनाएर पेभेलिएन फर्किए।

श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर भारतीय टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

अहिले क्रिजमा आशिफ शेख र गुल्सन मल्ल छन्।

भारतका लागि तीन विकेट रविन्द्र जडेजा र एक विकेट शार्दुल ठाकुरले लिए।

भदौ १८, २०८० सोमबार १६:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।