कप्तान भर्सेस कप्तान : रोहित ५ रन बनाएर आउट

कप्तान भर्सेस कप्तान : रोहित ५ रन बनाएर आउट

काठमाडौं : एसिया कप क्रिकेट अन्तरगत भारतविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ।

२०औं ओभरको अन्तिम बलमा पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका हुन्। रविन्द्र जडेजाको बलमा थर्डम्यान लागेका उनलाई भारतीय कप्तान रोहित शर्माले क्याचआउट गरेका हुन्।

यसअघि नेपालको पहिलो विकेटको रूपमा कुशल भुर्तेल दशौं ओभरको अन्तिम बलमा २५ बलमा ३८ रन बनाएर आउट भए भने भीम सार्की १७ बलमा ७ रन बनाएर पेभेलिएन फर्किए।

श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर भारतीय टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल छन्।

भदौ १८, २०८० सोमबार १६:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।