एसिया कप : नेपाललाई पहिलो झड्का, ३८ रन बनाएर आउट भए भुर्तेल

एसिया कप :  नेपाललाई पहिलो झड्का, ३८ रन बनाएर आउट भए भुर्तेल

 काठमाडौं::  एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।  

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ।

१०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन्।

श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर भारतीय टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

अहिले क्रिजमा आशिफ शेख र भीम सार्की छन्।

भदौ १८, २०८० सोमबार १६:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।