नेपालको पहिलो विकेट पतन, ३८ रन बनाएर भुर्तेल आउट
काठमाडौं : एसिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेल २४ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाएर आउट भए।
शार्दुल ठाकुरको बलमा विकेटकिपर इशान किसानले उनलाई क्याचआउट भए।
श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर भारतीय टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।
अहिले क्रिजमा आशिफ शेख र भीम सार्की छन्।
भदौ १८, २०८० सोमबार १६:०४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।