‘खेलाडीलाई पारिश्रमिक नदिने अनि भारतविरुद्ध नेपालले छक्कैछक्का हानोस् भन्ने आश गरेर हुन्छ?’

‘खेलाडीलाई पारिश्रमिक नदिने अनि भारतविरुद्ध नेपालले छक्कैछक्का हानोस् भन्ने आश गरेर हुन्छ?’

काठमाडौं : एमाले नेता तथा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले अलपत्र परेकोे चितवनको क्रिकेट रङ्गशाला निर्माण कार्य यथाासिघ्र अगाडि बढाउन संसद्को ध्यानाकार्षण गराएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त रङ्गशाला निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै आवश्वासन दिएपनि काम हुन नसकेको बताए। 

सरकारले खेलाडीलाई खेल मैदान, पारिश्रमिक र तोकिएको पुरस्कार नदिएर राम्रो खेलोस् भन्ने अपेक्षामात्रै गरेको उनको आरोप छ।

‘आज क्रिकेट हुँदैछ, भारत र नेपालको बीचमा। तर, चितवनमा अलपत्र परेको क्रिकेट मैदानको बारेमा प्रधानमन्त्रीले धेरै आश्वासन दिनुभएको थियो। त्यो निर्माण अगाडि बढेको छैन,’उनले भने

खेलाडीले आवश्यक सेवा सुविधा नपाएको प्रसँग निकाल्दै उनले प्रश्न गरे, ‘खेल मैदान नदिने, उनीहरुले पाउनुपर्ने सुविधा, पारिश्रमिक र तोकिएको पुरस्कार नदिने, अनि भारतका विरुद्धमा नेपालले छक्कैछक्का हानोस् भनेर आशा गरेर हुन्छ?’
 

भदौ १८, २०८० सोमबार १४:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।