एमाले लम्बिनि अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन समितिमा उजुरी

एमाले लम्बिनि अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन समितिमा उजुरी

काठमाडौं : बुटवलमा जारी एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेको छ।

उम्मेदवार  रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै राजु प्रसाद श्रेष्ठले निर्वाचन समितिमा उजुरी दिएका हुन्। उनको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ।

रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका थिए। 

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालले काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको र उम्मेदवारी स्वतः खारेज हुनुपर्ने श्रेष्ठले दिएको उजुरीमा उल्लेख छ। 

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा नरहेको एमाले प्रदेश कार्यालयले जनाएको छ।

भदौ १८, २०८० सोमबार १४:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।