स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्।

यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत रहेका उनलाई  बैंकको प्रमुख वित्तीय अधिकृतमा नियुक्त गरिएको हो।

बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव बटुलेका उनि बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ। 

बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापकको जिम्मेवारीमा समेत थिए।

बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सीएसमेत रहेको बताइएको छ।

भदौ १८, २०८० सोमबार १३:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।