वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेलको सरुवा, आजै कार्यभार सम्हाल्ने तयारी

वन मन्त्रालयको सचिवमा खराल र पशुपन्छीमा पौडेलको सरुवा, आजै कार्यभार सम्हाल्ने तयारी

काठमाडौं : वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी डा. दीपककुमार खराललाई दिइएको छ।  मन्त्रिपरिषद बैठकले खराललाई वन मन्त्रालयको सचिव नियुक्त गरेको हो।

यस्तै, वन मन्त्रालयका हालका सचिव डा. रेवतीरमण पौडेल कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी सचिवमा सरुवा भएका छन्।

योसागै दुबै सचिवले आफ्नो विषय विज्ञताअनुसार सचिवको जिम्मेवारी पाएका छन्। दुबै सचिवले आज नै आ–आफ्नो नयाँ कार्यभार सम्हाल्ने तयारी गरेका छन्। 

यसअघि वन मामिलाका विज्ञका रुपमा रहेका सचिव खराललाई पशुपन्छीमा र कृषि मामिलमा जानकार सचिव पौडेललाई वन मन्त्रालयमा सचिवका रुपमा राखिएको थियो।

यसले गर्दा मन्त्रालयहरुको कार्यसम्पादन सन्तोषजनक हुन सकेको थिएन।

भदौ १८, २०८० सोमबार १३:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।