चर्को आलोचनापछि बालेनले हटाए ‘सिंहदरबार जलाउने’ चेतावनी दिइएको स्टाटस

चर्को आलोचनापछि बालेनले हटाए ‘सिंहदरबार जलाउने’ चेतावनी दिइएको स्टाटस

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकबाट विवादित स्टाटस हटाएका छन्।

चौतर्फी विरोध र  आलोचना भएपछि उनले शनिवार राति लेखेको ‘सिंहदरबार जलाउने’ धम्कियुक्त स्टाटस सोमवार बिहान हटाएका हुन्।

शनिवार राति सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिँदै सरकारलाई चोरको संज्ञा दिएको थियो।

चौतर्फी आलोचनापछि आइतवार साँझ उनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो।

प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको सचिवालयको दाबी छ। तर, ट्राफिक प्रहरीले भने अरुलाईजस्तै नियमित जाँच मात्रै गरेको र त्यस्तो कुनै केरकार नगरेको बताएको छ।

भदौ १८, २०८० सोमबार ११:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।