काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : काठमाडौंको वसुन्धरामा भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा मकालु गाउँपालिका–१ का दावा दोर्जे शेर्पा रहेका छन्।

काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ १८, २०८० सोमबार ११:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।